“Book Descriptions: मलाई तिमीले जस्तै सबै कुरा बिर्सँदै जाने छुट छैन नसम्झीकन त कसरी गर्ने र समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ? यत्ति सम्झ कवि- फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ? कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ? र, यो पनि नबिर्स- तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर खरानीमा छोपेर राखेका हुन् तिम्रो भान्साको बिउ आगो !
आरन बिटुलो छ भने तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ ?” DRIVE